Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरू


650
Shares

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको एकीकृत कारोबार सोमबारदेखि सुरू भएको छ ।

दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सुरू भएको हो ।

“क“ वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले अझै विस्तारित र सशक्त भई राष्ट्र निर्माणमा वित्तीय क्षेत्रबाट अग्रसरता लिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “नविल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दे बैक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं ।”

उहाँले बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको बताउनुभयो ।