
उदयपुर, वैशाख २४ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केका ३३४ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले संक्रमित समुदायबाट २३८ र अन्य समुदायबाट ९६ जनाको नमुना स्वाब संकलन गरेको जनाएको छ ।
संकलित स्वाब नमुना विराटनगर पठाइने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
यसअघि, उदयपुरमा ३३८ महिला र ६६५ पुरुषको नमुना स्वाब ‘पीसीआर’ विधिबाट परीक्षण गरिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्