नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


नर्वेलाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा


91
Shares

काठमाडौं । नर्वेलाई हराउँदै आयोजक इंग्ल्याण्ड युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ब्राइटनमा सोमबार राति भएको खेलमा इंग्ल्याण्डले नर्वेलाई ८–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले ह्याट्रिक गरिन् भने इलेन ह्वाइटले दुई गोल गरिन् । यसैगरी, लरेन हेम्प, जर्जिया स्टानवे र अलेसिया रुसोले एक/एक गोल थपिन् ।

जितसँगै इंग्ल्याण्ड दुई खेलबाट ६ अंक जोड्दै युरोकप महिला फुटबलको क्वाटरफाइनलमा उक्लेको छ । ३–३ अंक जोडेका अष्ट्रिया र नर्वे क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

सोमबार राति नै भएको यही समुहको अर्को खेलमा अष्ट्रियाले नर्दन आयरल्याण्डलाई २–० ले हराएको छ ।