१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


प्रकाश र रेश्माको ‘शिरको फूल शिरैमा’ गीत सार्वजनिक


845
Shares

काठमाडौं । गायक प्रकाश रेग्मी र गायिका रेश्मा पुनको ‘शिरको फूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीले अभिनय गरेका छन् ।

भिडियो लोक शैलीको गीतमा युवायुवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । यसमा आकाश र तनुजालाई राजा(रानीको भेषमा देख्न सकिन्छ।

राम अविरल विष्टको शब्द र एसडी योगीको संगीत गरेको छ । भिडियोमा शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

अजय रेग्मीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यो गित एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको हो ।