Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


299
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, बागमती तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।