Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा लिबरल पार्टीकाे बहुमत कायम


1.7k
Shares

काठमाडौं । जापानको माथिल्लो सदनका लागि भएकोे निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत कायम राख्ने देखिएको छ ।

पूर्वप्रधानमन्त्री एवं एलडीपीका प्रभावशाली नेता सिन्जो आबेको हत्या भएको दुई दिनमै सम्पन्न निर्वाचनमा एलडीपीप्रति जनसमर्थन देखिएको हो । एलडीपी र उसको सहयोगी दल कोमेइतोले माथिल्लो सदनका १ सय २५ सिटमध्ये ६९ देखि ८३ सिटमा जित हासिल गर्ने एनएचकेको सर्वेक्षणले देखाएको छ ।

यो सिट संख्या उक्त गठबन्धनलाई प्राप्त सिट भन्दा बढी हो । आबेको हत्या हुनु भन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो । आबेको हत्याले एलडीपीप्रति सहानुभूतिको मत पनि थपिएको विश्लेषण गरिएको छ ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले आबेको हत्याको बाबजुद निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएकाे थियाे। गत शुक्रबार पश्चिमी शहर नारामा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका बेला नेता सिन्जो आबेमाथि गोली प्रहार भएको थियो ।