१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेपाल आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ


624
Shares

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुग्नु भएको छ ।

चार दिने भ्रमणका क्रममा चाइना एयरको विमानबाट ६ सदस्यीय टोलीको नेतृत्व गर्दै उहाँ आज आइतबार बिहान नेपाल आउनुभएको हो ।

बुधबारसम्म नेपालमा रहँदा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेटवार्ता गर्नुहुनेछ । लिउले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँग भने आइतबार नै भेट्ने कार्यक्रम छ ।

यस्तै, नेकपा (माओवादी केन्द्) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

गत महिना मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख बन्नुभएका लिउले त्यसलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भिडियो वार्ता गर्नुभएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता लिउको हैसियत मन्त्रीसरह रहेको बताइएको छ ।