Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत सार्वजनिक


624
Shares

काठमाडौं । केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत ‘चार इन्चको स्यान्डल’ सार्वजनिक भएको छ ।

दिपक लिम्बु र प्रिती आलेको आवाजमा रहेको गीतमा राजबहादुर सानेको शब्द रहेको छ भने पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । साईराम पिक्चर्स प्रा. लि. यूटुव च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो । गीतमा केकीसँगै रविन्द्र झाको अभिनय रहेको छ ।

फिल्ममा केकी लगायत रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, अनिता श्रेष्ठ, पुर्णचन्द्र पोखरेल, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्माको पनि अभिनय छ । फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका छन् ।

ह्याप्पी फिल्मस् प्रा.लि. को व्यानरमा निर्माण भएको फिल्ममा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह निर्मातामा छन् । फिल्ममा दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, शिव विकको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

टिजर :