मुलुकमा आर्थिक संकटका बेला ८४ करोडको हतियार किन्दै सरकार « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


मुलुकमा आर्थिक संकटका बेला ८४ करोडको हतियार किन्दै सरकार


2.353k
Shares

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो ।

‘प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छु’, स्रोतले भन्यो, ‘१ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४ करोडको हतियार ल्याउने योजना छ । दोस्रो चरणमा हतियार किन्न ५१ करोड छुट्याइएको छ ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नौ एमएमको पेस्तोल र सटगन खरिद गर्ने तयारी छ । ‘यी हतियार खरिदको विषय सिन्डिकेटमार्फत आएको हो । जसले हतियार ल्याउने हो, उसैले अर्थ मन्त्रालयबाट बजेट छुट्याएको देखिन्छ । एकै व्यक्तिले यस्तो काम गरिरहेको बुझिन्छु’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।

लामो समयदेखि नेपाल प्रहरीलाई हतियार खरिद भएको छैन् । अहिले अध्ययनबिना नै घातक हतियार खरिदको तयारी भएको हो । ‘गैरघातक खरिद गर्नुपर्ने हो तर घातक हतियार खरिद प्रक्रिया अघि बढाउन लागियो’, स्रोतले भन्यो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।