काठमाडौं, वैशाख २३ । टोखा नगरपालिकाले नगरका ११ ओटै वडामा कोरोना परीक्षणलाई तीव्र बनाएको दाबी गरेको छ ।
हरेक वडामा ‘हेल्थ डेस्क’को व्यवस्था गरेको र हालसम्म कसैलाई पनि कोरोना संक्रमण नदेखिएको दाबी पनि गरिएको छ ।
विदेशबाट नगरपालिका छिरेका १२१ जनाको कोरोना परीक्षण गरेको र सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको नगरप्रमुख प्रकाश अधिकारीले बताए ।
यस्तै, सो नगरपालिकाले विपन्न वर्गको स्वास्थ्य परीक्षण गराउनुका साथै उनीहरुलाई खानाकोसमेत व्यवस्था गरेको पनि नगरपालिकाका पदाधिकारीहरुले बताएका छन् ।
यता, काठमाडौंको सोह्रखुट्टेस्थित फूड बैंकले १२० जना ज्याला मजदुरी गर्नेहरुलाई मंगलबार राहत वितरण गरेको छ ।
लायन्स क्लब इन्टरनेसनल, टोल सुधार समिति तथा काठमाडौं महानगरपालिका वडा नम्बर–१५ को महिला विकास समितिको अग्रसरतामा राहत वितरण गरिएको फूड बैंकका संयोजनक जितेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्