२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ


0
Shares

बैतडी । भारतबाट उद्धार गरि क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिवार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६ सय ९५ नेपाली स्वदेश फर्किएका थिए ।