नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय


637
Shares

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

यसैबीच, सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आबेको शुक्रबार हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । मन्त्रिपरिषद् बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।