ओखलढुंगामा अस्पताल निर्माण कार्य सुस्त गतिमा « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


ओखलढुंगामा अस्पताल निर्माण कार्य सुस्त गतिमा

३ स्थानीय तहमा भने निर्माण कार्य नै रोकिंयाे

78
Shares

ओखलढुंगा । एक स्थानीय तहमा एक अस्पताल निर्माण गर्ने सरकारको योजना ओखलढुंगामा अति सुस्त गतिमा अगाडि बढेको छ ।

जिल्लाका ८ स्थानीय तहमध्ये तीन स्थानीय तहमा अस्पताल निर्माणको काम रोकिएको छ । डीपीआरमा समस्या देखिएपछि मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा अस्पताल भवन निर्माणको काम जग सम्याएपछि रोकिएको हो । स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि आवश्यक मापदण्डअनुसार डीपीआर नभएको भन्दै संशोधन नभएसम्म काम रोक्न लगाइएको छ।

मोलुङ गाउँपालिकामा भ्याटसहित ४ करोड ३२ लाख ६६ हजार रुपैंयाँमा ठेक्का लागेको थियो । मोलुङको डीपीआर गर्ने कम्पनी एवीआर कन्सल्टेन्सीले स्थलगत सर्वेक्षण नगरी कपिपेस्ट डीपीआर गाउँपालिकालाई पेश गरिएको आशंका गरिएको छ।त्यस्तै ५ करोड २९ लाख रुपैयाँमा ठेक्का लागेको सुनकोशी गाउँपालिकाको अस्पताल भवनको काम जग सम्याएर पिलरको खाल्डो खनिसकेपछि रोकिएको छ ।

डीपीआर फेरबदल गर्नुपर्ने भएर काम रोकिएको गाउँपालिकाले जनाएको छ । माने भन्ज्याङ गाउँपालिकामा जग्गाको टुंगो नलागि डीपीआर गर्ने काम भएको छ । जिल्लाका लिखु, खिजीदेम्बा, चम्पादेवी र चिशंखुगढी गाउँपालिकामा भने अस्पताल भवन निर्माणको काम भइरहेको छ

सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र ओखलढुंगा सामुदायिक अस्पताल भएकोले अस्पताल निर्माण गरिएको छैन्।