सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछुँ : भीम रावल « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछुँ : भीम रावल


91
Shares

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेकिरी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीसँगको बोल्दै सांसद रावलले यस्तो बताउनुभएको हो । उहाँले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यक्ता रहेको बताउनुभयो ।

सांसद रावलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताउनुभयो ।

उहाँले सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताउनुभयो । उहाँले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको बताउनुभयो ।

सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनैपनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताउनुभयो ।