Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


नेपाली मुलका गायक दिवेश पोखरेल अमेरिकन आइडलको ‘टप टेन’मा


0
Shares

काठमाडौं । नेपाली मुलका गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप टेनमा पुगेका छन् ।

जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर उनी आइडलको १८ औं सिजनको टप टेनमा पुगेका हुन् ।

दिवेशले आफ्नो फेसबुकमार्फत् आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

दिवेशले भनेका छन्, ‘सुरुवातबाट जति जनाले सहयोग गर्नुभयो सबैप्रति आभारी छु ।’ कोरोना भाइरस त्रासका कारण आइडलका प्रतिस्पर्धीहरुले घरबाटै प्रस्तुति दिएका थिए ।