युरोकप फुटबल : इंग्ल्याण्डद्वारा अष्ट्रिया पराजित « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


युरोकप फुटबल : इंग्ल्याण्डद्वारा अष्ट्रिया पराजित


312
Shares

काठमाडौं । युरोकप महिला फुटबल इंग्ल्याण्डमा सुरू भएको छ ।

म्यान्चेस्टरमा बुधबार राति भएको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हराएको छ ।

खेलमा इंग्ल्याण्डलाई विजयी गराउन बेथ मिडले १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै इंग्ल्याण्डले समुह ‘ए’ मा ३ अंकसहित अग्रता लिएको छ ।

यही समुहको अर्को खेलमा आज बिहीबार राति नर्वेले नर्दन आयरल्याण्डको सामना गर्नेछ ।

१६ टोली सहभागि युरोकप फुटबल जुलाई ३१ तारिखसम्म चल्नेछ ।