एसईईको प्रश्नपत्र प्रतिके जी १७.५० रुपियाँमा बिक्री « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


एसईईको प्रश्नपत्र प्रतिके जी १७.५० रुपियाँमा बिक्री


1.157k
Shares

काठमाडौं । गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिक्री गरेको छ ।

बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्प एन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ ।

पुराना प्रश्नपत्र अभ्यासका लागि विद्यार्थीलाई उपलब्ध गराइनुपर्ने चाहना शिक्षकहरूले गर्दै आएका थिए । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले पुराना प्रश्नपत्र विद्यार्थीलाई वितरण गर्न त्यति सहज नहुने भएकाले बिक्री गरिएको बताउनुभयो ।

ती प्रश्नपत्र करिब २० करोड रुपियाँ खर्च गरेर जनक शिक्षा सामग्री केन्द्रमा छपाइएको थियो । उहाँका अनुसार करिब तीन ट्रक प्रश्नपत्र छन् । सो कागज कारखानाले धरौटी र कम बुझाएको छ भने तौल लिइसकेपछि मात्र सकारे बमोजिम प्रतिकेजीका दरले र कम राजस्व दाखिला गर्ने छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।