२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा


1.781k
Shares

काठमाडौं । चिनियाँ कम्पनी किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा बिक्री सुरु भएको छ ।

सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्र्वाधिक ठूलो उत्पादकको रुपमा पनि परिचित छ ।

नेपाली बजारमा श्री इको भिजनरी प्रालिले किङ लङलाई भित्र्याएको हो । एक सय किलोमिटर प्रतिघण्टाको उच्चतम रफ्तारमा गुड्न सक्ने माइक्रोबसमा ५० किलोवाट आवरको व्याट्री जडान गरिएको छ ।

एक पटकको फुल चार्जमा २ सय ५० किलोमिटर चलाउन सकिने यो माइक्रोबस फास्ट चार्जिङका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न मिल्ने नेपालस्थित आधिकारीक बिक्रेताको भनाइ छ ।

पर्यटक बस, स्कुल बस, कार्यालयका कर्मचारीहरुको सटलसँगै यात्रुबाहक बसका रुपमा सञ्चालन गर्न सकिने विक्रेताको भनाइ छ । यस्ता विद्युतीय माइक्रोबसको प्रयोगले देशको आर्थिक तथा पर्यावरणीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने श्री ईको भिजनरी प्रालिका अध्यक्ष उमेश श्रेष्ठको भनाइ छ ।