Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


क्लबहरुलाई रेलिगेशनबाट जोगाउन बाँकी खेल खेल्न शीर्ष क्लबहरु तयार


0
Shares

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका केही क्लबहरुले  रेलिगेशनबाट बच्न न्युटङल भेन्युका बाँकी खेल खेल्न तयार रहेको बताएका छन् ।

शीर्ष लिगका क्लबहरु अधिकतम १० सम्म न्यूट्रल भेन्यूमा कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगका बाँकी ९२ खेल गर्ने पक्षमा छन् ।

तर न्यूट्रल भेन्यूमा खेल्दा लिगको इमानदारीतामा असर पर्ने भएकाले रेलिगेशनको जोखिम हटाइनु पर्ने अंक तालिकामा पुछारतिर रहेका क्लबहरुले तर्क छ ।

उनीहरुले रेलिगेशनको जोखिम हटाएमा न्यूट्रल भेन्यूमा बाँकी खेलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।

ब्राइटनसहितका तालिकाको पुछारमा रहेका क्लबहरुले रेलिगेशनको जोखिमसहित न्यूट्रल भेन्यूमा खेल्नु उपयुक्त नहुने धारणा राखेका हुन् ।्

विश्वभर कोरोना भाइरसको महामारी फैलन थालेपछि इंग्लिस प्रिमियर लिगका खेलहरु गत मार्च १३ देखि रोकिएका छन् ।