१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


डिलाशैनी गाउँपालिकाका अध्यक्ष पदमुक्त भएपनि अध्यक्षकै रुपमा


0
Shares

बैतडी, बैशाख २१ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष प्रेमसिंह धामीको पदमुक्त भएपनि उनले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ ।

वि.स. २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसबाट निर्वाचित धामी पछि नेकपामा प्रवेश गर्नुभएको थियो । त्यसपछि धामीले दल त्याग गरेको बारेमा कांग्रेसले निर्वाचन आयोगलाई जानकारी गराएपछि उनको अध्यक्षको पद रिक्त रहेको थियो ।

नेपाली कांग्रेसबाट नेकपामा प्रवेश गरेका धामीको पद निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगको निर्णयबारे कुनै जानकारी नआएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए ।