यी भारतीय कलाकारहरू जो अनौठो घटनाको सिकार भए « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


यी भारतीय कलाकारहरू जो अनौठो घटनाको सिकार भए


1.3k
Shares

एजेन्सी । भारतीय कलाकार सधैं आफ्नो फिल्म र व्यक्तिगत कुराको कारण चर्चामा रहने गरेका छन् । आफूलाई माया गर्ने लाखौं दर्शकहरूकाबीच पनि नराम्रो मान्ने र घृणा गर्नेहरु पनि छन् । जसले कलाकारहरूलाई अनौठो आरोप लगाएर मुद्दा हालेका छन् । यी भारतीय कलाकार जो अनौठो घटनाको सिकार भए ।

अमिताभ बच्चन

भारतका सबैभन्दा प्रख्यात मानिने अभिनेता अमिताभ बच्चन एक अनौठौ घटनाको सिकार भएका थिए । अमिताभले ५२ सेकेण्डको राष्ट्रियगान गाउन १ मिनेट १० सेकेण्ड लगाएको भन्दै उनी विरुद्ध उजुरी परेको थियो ।

उक्त घटना सन् २०१६ को हो ।
आमिर खान
त्यस्तै भारतीय सुपरस्टार आमिर खान विरुद्ध सन् २०१४ मा उजुरी दर्ता भएको थियो । उनले आफ्नो फिल्म ‘पिके’मा दिल्ली प्रहरीलाई होच्याउने शब्दको प्रयोग गरेका थिए ।

जसमा कारण उनी कानूनी झमेलामा परेका थिए । यस शब्दलाई लिएर एक फिल्म निर्माताले आमिर विरुद्ध उजुरी गरेका थिए ।

ट्वीङ्कल खन्ना

भारतीय अभिनेता अक्षय कुमारकी श्रीमती अभिनेत्री ट्वीङ्कल खन्ना विरुद्ध उजुरी मात्रै नभएर प्रहरीले उनलाई गिरफ्तार समेत गरेको थियो । अक्षय र्‍याम्प वाकमा हिडिरहेको समयमा आफ्नो श्रीमती ट्वीङ्कलको नजिक गए र आफ्नो पाइन्टको बटन खोल्दिन भने, ट्वीङ्कलले पाइन्टको बटन खोलेपछि सार्वजनिक स्थलमा अश्लील कार्य गरेको भन्दै उनी विरुद्ध उजुरी दर्ता भएको थियो ।

सुस्मिता सेन

यस्ता अनौठो घटनाको सिकार अभिनेत्री सुस्मिता सेन पनि भएकी छन् । एक अन्तर्वार्तामा उनले विवाहपूर्व यौन सम्बन्धमा आफ्नो धारण व्यक्त गरेकी थिइन् । उक्त विषयलाई लिएर उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । केही समयपछि मद्रास उच्च अदालतले यो मुद्दालाई खारेज गरेको थियो ।

ऐश्वर्या राय

अभिनेत्री ऐश्वर्या रायले फिल्म ‘धुम ३’ मा ऋतिक रोशनसँग गरेको चुम्वनको दृश्यलाई उनमा प्रसंशकहरूले राम्रो मानेन् । एक अन्तर्वार्तामा ऐश्वर्याले भनेकी छन्, उक्त सिनलाई लिएर उनलाई कानूनी सूचना प्राप्त भएको थियो । जसमा भनिएको थियो । ‘तपाइ हाम्रो छोरीहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ तपाइँको यस्तो क्रियाकलापलाई हामी सहज रूपमा लिनै छैनौं ।’

विद्या बालन

अभिनेत्री विद्या बालन पनि यस्ता घटनाबाट अछुतो भने रहिनन् । फिल्म ‘द डर्टी पिक्चर’ मा अश्लील अभिनय गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । उजुरीकर्ताले फिल्मको पोष्टर र ट्रेलर अश्लील भएका कारण महिलाहरूले असहज महसुस गरेको बताएका थिए ।

शिल्पा शेट्टी

सन् २००७ मा अभिनेत्री शिल्पा शेट्टी विरुद्ध पनि उजुरी परेको थियो । त्यस समय शिल्पा र हलिउड अभिनेता रिचर्ड गेरे एक एड्स जागरुकता कार्यक्रममा पुगेका थिए ।

जहाँ शिल्पालाई रिचर्डले पटक– पटक अङ्कमाल गर्दै चुम्बन गरेका थिए । त्यसपछि शिल्पा विरुद्ध अश्लीलता फैलाएको भन्दै उजुरी दर्ता भएको थियो ।