२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


देशका १७ स्थानबाट कोरोनाको ‘पीसीआर’ परीक्षण


0
Shares

काठमाडौं, वैशाख २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पनि कोरोना भाइरसको ‘पीसीआर’ परीक्षण गराउन सुरु गरेको जनाएको छ ।

मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गरी दुई स्थानबाट पीसीआर परीक्षण हुने जानकारी दिए ।

योसँगै हाल देशका १७ स्थानबाट पीसीआर परीक्षण हुने भएको हो ।

हालसम्म पीसीआरबाट १३ हजार ९८ र ‘आरडीटी’बाट ४८ हजार ५२९ जनाको स्वास्थ्य परीक्षण गरिएको डा. देवकोटाले जानकारी दिए ।

हाल देशभर ८९ जना ‘आइसोलेसन’कक्षमा रहेका र २२ हजार ९७८ जना ‘क्वारेन्टाइन’मा रहेको पनि उनले जानकारी दिए ।

नर्सहरुको स्वास्थ्यमा ध्यान दिन आग्रह

त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न नर्सहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन र उनीहरुको समय–समयमा स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिन् ।

नर्सहरुको सुरक्षा र सेवाका लागि निर्देशिका बनाइए त्यसले स्वास्थ्यकर्मीहरुको मनोबल बढ्ने अध्यक्ष राईले बताइन् ।

भिडियो हेर्नोस्