पुरानै कलाकारलाई लिएर ‘टलकजंग भर्सेस टुल्के-२’ बन्दै « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


पुरानै कलाकारलाई लिएर ‘टलकजंग भर्सेस टुल्के-२’ बन्दै


2.327k
Shares

काठमाडौं । चर्चित चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ ।

पुरानै कलाकारलाई लिएर टलकजंग भर्सेस टुल्के–२ निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।

निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ मा दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुशांक मैनाली, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरेलगायत कलाकारहरूको मुख्य भूमिका रहेको थियो ।

‘टलकजंग भर्सेस टुल्के’को कथा तथा पटकथा खगेन्द्र लामिछानेले लेखेका थिए ।

माओवादी सशस्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए ।