Logo २९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026


भूकम्पप्रभावित गुम्बा, विहारहरुको पुनःनिर्माणका लागि दबाब


0
Shares

काठमाडौं, साउन ३० । भूकम्पप्रभावित गुम्बा तथा विहारहरुको पुनःनिर्माणका लागि दबाब दिने उद्देश्यले बुधबार राजधानीमा शान्तिपूर्ण र्‍याली निकालिएको छ ।

भृकुटीमन्डपबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्नेहरुले १३२० ओटा गुम्बा तथा विहारको क्षतिको मूल्यांकन भइसकेकाले तत्काल पुनःनिर्माण सुरु गर्न माग गरेका थिए ।

उनीहरुले सर्वेक्षण गर्न छुटेका गुम्बा र विहारको सर्वेक्षण तुरुन्तै सुरु गर्नुपर्ने, गुम्बाशिक्षालाई सरकारी मान्यता दिनुपर्ने तथा सर्वेक्षण र नक्सांकन भएका गुम्बाहरुको रिपोर्ट तुरुन्त सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

वि.सं. २०७३ फागुन १७ गते सरकारले २५ जिल्लाका ९९३ गुम्बाहरुको पुनःनिर्माण सुरु गर्नका लागि छुट्याएको रकमको मापदन्डप्रति पनि नेपाल गुम्बा बिहार महासंघले आपत्ति जनाएको नेपाल गुम्बा विहार महासंघका अध्यक्ष सोम्बले तामाङले बताए ।

अहिलेसम्म विभिन्न गुम्बा र विहारका लामा तथा व्यवस्थापकले पुनःनिर्माणमा ८ अर्ब ९३ करोड रुपैयाँ खर्च गरिसकेको भन्दै सरकारले दिने भनेको रकम ‘फ्रिज’ गरेकोप्रति पनि आपत्ति जनाइएको छ ।