
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन ३० । कैलाली जिल्ला अदालतले टीकापुर घटना मुद्दाका वादी र प्रतिवादी दुवै पक्षका साक्षी अदालतमा पेस गर्न आदेश जारी गरेको छ ।
घटनाको करिब तीन वर्षपछि बुधबार भएको पहिलो पेसीमा जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले दुवै पक्षका साक्षी अदालतमा पेस गर्न आदेश जारी गरेको हो ।
अदालतले वादीपक्षका साक्षी जिल्ला वकिलको कार्यालयमार्फत् र प्रतिवादीपक्षका साक्षी निजहरुमार्फत् नै अदालतमा उपस्थित गराउने आदेश जारी गरेको कैलाली जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।
थरुहट/थारुवान आन्दोलनकाक्रममा वि.सं. २०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक झडप हुँदा ८ सुरक्षाकर्मी र एक बालकसहित ९ जनाको ज्यान गएको थियो ।
सरकारले ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका–चोरी मुद्दा लगाएको छ ।
मुद्दा लागेकामध्ये ३२ जना अझैसम्म फरार छन् ।
पक्राउ परेका २६ जनामध्ये २३ जनालाई कैलाली कारागारमा, सांसद निर्वाचित रेशम चौधरीलाई काठमाडौंमा र दुईजना नाबालकहरुलाई सुधारगृह पोखरामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्