एसपीपी मेरो सरकारको पालामा भएको थियो भन्दै भ्रम फैलाइयो : अध्यक्ष ओली « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


एसपीपी मेरो सरकारको पालामा भएको थियो भन्दै भ्रम फैलाइयो : अध्यक्ष ओली


91
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेरै नेतृत्वको सरकारको पालामा आएको थियो भनेर भ्रमपूर्ण कुरा गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरूले अहिले आएर रद्द गराएको दाहालको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘एक जना सत्तापक्षीय नेताले भन्नुभयो– उनकै समयमा आएको थियो, अहिले हामीले रद्द ग¥यौं,’ उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत म भन्न चाहन्छु– यस्तो अन्योल जनतालाई गुमराहमा राख्ने, भ्रममा राख्ने कुराहरू राज्यले गर्न पाइँदैन, सत्तामा बसेका नेताहरूले यस्तो भ्रमपूर्ण कुरा गर्न पाइँदैन ।’

अध्यक्ष ओलीले एमसीसी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला रक्षामन्त्री समेत भएका बेलामा रक्षा मन्त्रालयको निर्णय अनुुसार नेपाली सेनाले अमेरिकी दुतावासलाई पत्राचार गरेको र आफू प्रधानमन्त्री भए पनि त्यसबारे थाहै नदिएको पनि पटक–पटक दोहोर्‍याउनुभयो ।