
लमजुङ । लमजुङमा बाहिरबाट जिल्ला भित्रिनेहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीय निकायले बेवस्ता गरेका छन् ।
लकडाउनकै क्रममा जिल्ला भित्रिने क्रम बढेपनि उनीहरुलाई क्वारेन्टाइनमा राख्न चासो नदेखाउँदा समस्या बढ्दै गएको छ ।
बाहिरबाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था भए पनि लम्जुङमा क्वारेन्टाइन छल्दै घर जानेको सख्या बढ्दै गएको छ ।
उनीहरु क्वारेन्टाइनमा नबस्दा कोरना संक्रमणको जोखिम बढ्ने भन्दै सर्वसाधरण त्रसित भएका छन् ।
जिल्लाका आठवटा स्थानीय तहले विभिन्न स्थानमा ९ सय ८१ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् ।
लमजुङमा हाल १ सय ३० जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्