
ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा रहेको रुम्जाटार बौद्ध गुम्बामा पर्यटकको आकर्षण बढ्दै गएको छ ।
गुम्बामा दैनिक दर्जनौंको संख्यामा आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । गुम्बामा ११ फिट अग्लो भगवान बुद्धको मूर्ति, धार्मिक तथा ऐतिहासिक महत्वका सामाग्री र ऐतिहासिक दस्तावेज राखिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको गुम्बाका प्रमुख लामा गुरु डिल्ली आचार्यले बताउनुभयो ।
पूर्वका गुरुङहरुको पुख्र्यौली थलो मानिएको रुम्जाटारमा बौद्धमार्गी गुरुङ समुदायले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर गुम्बा स्थापना गरेका हुन् । ९ रोपनी क्षेत्रफलमा फैलिएको गुम्बामा लामा पढाइ समेत हुँदै आएको छ । गुम्बामा प्रत्येक दिन तालिम पूजा, शील प्राथाना , ध्यान प्राथाना, धर्मपाला पूजा र सन्ध्याकालीन ध्यान साधना हुने गरेको छ ।
नेपाल एकीकरणकालीन ऐतिहासिक महत्व बोकेको रुम्जाटारलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन सडक सञ्जालमार्फत खोटाङको हलेसीधामसँग जोड्ने पूर्वाधार समेत निर्माण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्