Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बर्दियामा ब्राउनसुगरसहित चारजना समातिए


0
Shares

बर्दिया, वैशाख १९ । बर्दियामा लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीका राजन रावल, रमेश न्यौपाने, रोशन कडायत र दैलेखका आकाश साह छन् ।

प्रहरीको गस्ती टोलीले बा१२च ६२९९ नम्बरको गाडीमा रहेका उनीहरुलाई ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

खानतलासीका क्रममा गाडीको स्टेरिङभित्र कालो प्लास्टिकमा बेरेर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।