मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ


299
Shares

काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।

शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।

उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।