२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


रौतहटमा कोरोना संक्रमितका आफन्तको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ


0
Shares

रौतहट । कोरोना संक्रमित दुई जनाका आफन्तको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।

तीन दिनअघि देबाही गोनाही नगरपालिकाको क्वारेन्टाईनमा रहेका एक व्यक्ति र अर्को क्वारेन्टाईनमा बसेर घर फर्किसकेका वृन्दावन नगरपालिका–९ भुसाहा टोलका एक जनामा कोरोनाको संक्रमण देखिएको थियो ।

संक्रमण देखिएपछि उनीहरुको परिवार र आफन्त गरी ९१ जनाको स्वाब परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले बताए ।