कपिलवस्तु । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ ।
कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो ।
दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्