३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


चन्द समूहका केन्द्रीय सदस्य पक्राउ


0
Shares

सुर्खेत, बैशाख १८ । प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई बिहिबार घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार सुनारमाथि दुई महिना अघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ । रासस