२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


स्याङ्जामा पहिरोले घर पुर्दा किशोरीको मृत्यु, एक घाइते


845
Shares

स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुई दिनदेखिको अबिरल वर्षाका कारण स्याङजाको गल्याङ नगरपालिका–१० पकवादी दुबिनडाँडामा आज बिहान ढाकाराम भट्टराईको घर पछाडिको ढिस्को भत्किँदा उनकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।

रेखाको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

यस्तै, घटनामा १६ वर्षका लक्ष्मीकान्त भट्टराई घाइते भएका छन् । घाइतेको उपचार गल्याङ नगर अस्पतालमा भईरहेको छ ।

पाँच जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेको र दुई जना घरमा सुतिरहेको बेला पहिरो खसेको थियो ।

पहिरोमा परी गोठमा रहेका २ वटा भैंसी र २ वटा बाख्रा पनि मरेका छन् ।