
काठमाडौं । इपिएस अन्र्तगत दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउनुपर्ने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गरेर शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको हो ।
शाखाले सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारले अनिवार्य रुपमा स्वासथ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस्