१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


मध्य पहाडी लोकमार्ग निर्माणको काम सुरु, घर नगएका कामदार परिचालन


0
Shares

बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गको निर्माणले गति लिन थालेको छ ।

लकडाउनका कारण आयोजनामा कार्यरत मजदुर घर जान नपाएपछि उनीहरुले पुनः काम थालेका हुन् ।

लोकमार्गको बागलुङ खण्ड असारसम्म कालोपत्रे गर्ने योजना भएपनि लकडाउनका कारण प्रभावित भएको थियो ।

बाहिरबाट कामदार ल्याउने अवस्था नभएपछि मौजुदा कामदारबाट पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए ।

बयलडाँडादेखि घोडाबाधे खण्डमा चट्टान काट्ने, ग्याविन भर्ने काम भइरहेको छ भने रुकुमको सिमाना खण्डमा नाली निर्माणको काम भइरहेको छ ।

लकडाउन भएपछि कामदारहरु अलपत्र अवस्थामा सडक आसपासमा बस्दै आएकाले उनीहरुलाई पुन काममा फर्काइएको हो ।

लोकमार्ग आयोजनाले घर नगएका कामदारलाई सुरक्षित तरिकाले काममा खटाउन थालेको छ ।

बाग्लुङअन्र्तगत पर्ने १ सय ४२ किलोमिटर मध्ये ९० किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने ५२ किलोमिटर निर्माण पूरा भइसकेको छ ।