Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित


923
Shares

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्।

निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर अनुबन्धित भएका हुन् ।

हाँस्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन् । तमिल र तेलुगू भाषामा बनेका प्रायः सबै फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन् ।

यो फिल्मको छायांकन पनि भारतीय छायांकार कबीरलालले गर्ने पक्का भइसकेको छ। यो फिल्ममा सरोज खनाल र सलोन बस्नेतको पनि मुख्य भूमिका रहने छ । आगामी असोजबाट फ्लोरमा जाने बताइएको फिल्मलाई संसारकै ठुलो फिल्म सिटी रामोजी स्टुडियोमा छायांकन गरिने निर्माण टिमले सार्वजनिक गरेको छ ।