Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


बलिउड अभिनेता इरफान खान रहेनन्


0
Shares

काठमाडौं । बलिउड अभिनेता इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको छ।

५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए ।

खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । गत शनिबार उनकी आमाको निधन भएको थियो ।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको थियो ।

खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए।