नारायणगढ–मुग्लिन सडक सञ्चालनमा « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


611
Shares

काठमाडौं । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर आज बिहान ५ बजेदेखि दुइतर्फी सञ्चालन गरिएको सडकमा पुन ६ बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले पुनः लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा हरेक दिन जसो पहिरो आईरहने गर्दछ ।