
चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ ।
बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटना समेत बढ्दो क्रममा रहेको छ ।
गत चैत, बैशाख र जेठ महिनामा भएका १ सय ४१ दुर्घटनामा ३४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । गत चैतमा मात्र सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ ।
सो महिनामा ३७ दुर्घटना भएका थिए । दुर्घटनामा परेर १ सय १५ जना घाइते भएका सरकारी तथ्यांक छ । गत जेठ महिनामा ४१ वटा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा परेर ९१ घाइते भएका थिए ।
गत बैशाख महिनामा सबैभन्दा धेरै ५३ दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो । यसैबीच, दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो तीन महिनामै आठ हजार २ सय ६४ सवारी साधनलाई कारबाही गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्