Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सन्धिखर्कमा ‘कृषि एम्बुलेन्स’ सञ्चालन


0
Shares

अर्घाखाँची, वैशाख १६ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ‘कृषि  एम्बुलेन्स’ सञ्चालन गरेको छ ।

‘लकडान’को समयमा तरकारी बिक्री गर्न समस्या भएपछि नयाँ नेपाल एग्रोभेटसँग समन्वय गरी कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

दैनिक उपभोग्य वस्तु तरकारीको अभाव सिर्जना हुँदै जाने र उता किसानहरुको तरकारी बारीमै कुहिने सम्भावना बढ्दै गएपछि कृषि उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन कृषि एम्बुलेनस सञ्चालनमा ल्याइएको हो ।

कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानहरुको कृषिउपज बजारसम्म पुग्ने भएको छ ।