२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


मन्त्रालयको बिदाइ कार्यक्रममा थामिएन मन्त्री झाँक्रीको आँशु


14.56k
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले राजीनामा दिनुभएको हो । उहाँले राजीनामा तथा बिदाई पत्रकार सम्मेलनमा बोल्दै बजेटका विषयमा उठेका प्रश्नको जवाफ र आफूले ल्याएका कार्यक्रमबारे जवाफ दिने रहरले आफूले केही दिन मन्त्रीपद्मा रहेको बताउनुभयो ।

मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरुसँग छलफल नगरेको भन्दै गुनासो गर्नुभयो । उहाँले पार्टीका मन्त्री बन्न र बनाउन चाहने नेताहरुले मन्त्री भएको ६ महिना हुनासाथ दिन गन्न सुरु गरेको खुलाउनुभयो ।

मन्त्री झाँक्रीले मन्त्रीहरु परिर्वतन हुँदा सार्वजनिक सञ्चार माध्यमबाट नभई पार्टीले आफूलाई जानकारी दिने आश गरेको तर एक्कासी सञ्चार माध्यमबाट जानकारी पाएको भन्दै पार्टी अध्यक्ष प्रति गुनासो गर्नुभयो । उहाँले पार्टीले समीक्षा बैठक भनेर बोलाएर मन्त्री फेर्ने निर्णय गरेको बताउनुभयो ।

पार्टीले मन्त्री फेर्नुअघि मन्त्रीहरुसँग छलफल हुन्छ भन्ने आश भएपनि अध्यक्षले छलफल नै नगरी मन्त्री फेर्ने निर्णय गरेको बताउनुभयो । उहाँले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बजेटसम्म के गर्ने भनि सोध्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भनेको पनि बताउनुभयो । झाँक्रीले आफूहरु बाहिरिए पनि अब नयाँ मन्त्रीहरु पार्टीले पठाउने भन्दै मन्त्रिपरिषद् छिट्टै पुनःगठन हुने बताउनुभयो ।

मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा गहभरी आँशु झार्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको नाम नदिई मन्त्री बनाउने पार्टीलाई धन्यवाद दिनुभयो ।