
तनहुँ, वैशाख १६ । रगतको अभाव हुँदा तनहुँमा मिर्गौलाको ‘डायलासिस’ गराइरहेका बिरामीहरु समस्यामा परेका छन् ।
कोरोनाभाइरसका कारण बजारहरु बन्द हुँदा रगत संकलन हुन सकेको छैन ।
दमौलीको शत्रुघ्न मञ्जु डायलासिस युनिटमा समेत रगत अभाव भएको छ ।
६४ जना बिरामीले अहिले दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मञ्जु डायलासिस युनिटमा डायलासिस गराउँदै आएका छन् ।
डायलासिस गराउन तनहुँसहित गोरखा र लमजुङदेखि बिरामी आउने गरेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्