Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७१ करोडको बजेट


78
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।

आइतबार नगरसभा बैठकमा प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ हजार, सामाजिक विकास तर्फ, ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाखको बजेट प्रस्तुत गरिएको हो ।

यसैगरी, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ १२ करोड ६ लाख ८० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै अन्य विविध कोषतर्फ ९९ लाख, प्रदेश सरकारबाट हस्तान्तरण गरिएको योजना ६ करोड ३ लाख ७० हजार रकम छुट्याइएको छ ।

उपमहानगरले खर्च व्यहोर्ने स्रोतका रुपमा आन्तरिक स्रोत ९४ करोड ३६ लाख ५३ हजार, राजस्व बाँडफाँट ५८ करोड ९३ लाख ७० हजार, प्रदेश सरकारको अनुदानबाट ९ करोड ५८ लाख ९४ हजार र संघीय सरकारबाट १ अर्ब ६ करोड ९५ लाख प्राप्त हुने जनाइएको छ ।

विवादका कारण असार १० गते हेटांैडा उपमहानगरको नगरसभा बैठक स्थगित भएको थियो ।