
बुटवल,बैशाख १६ । प्रदेश ५ सरकारले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंक्तिमा ल्याउने तयारी गरेको छ ।
कोरोना भाइरसका कारण बढ्दै गएको तनाव व्यवस्थापन तथा प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद चिकित्सालाई अग्रपंक्तिमा ल्याउने तयारी गरेको हो ।
विश्वका केही मुलुकले कोरोनासँग लड्नका लागि आयुर्वेद चिकित्सा पद्धतीलाई अंगीकार गरेको र सफल हुँदै गएको पाइएपछि प्रदेश ५ सरकारले यसलाई दिर्घकालिन योजनासहित अगाडि बढाउन लागेको छ ।
प्रदेश ५ को सामाजिक विकास सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोनाको लडाईमा परिचालन गर्ने जनाएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आयुर्वेद चिकित्सा क्षेत्रलाई दीर्घकालीन रुपमा अगाडि बढाउने गरी कार्य योजना बनाइएको जानकारी दिए ।
मन्त्री बरालले आयुर्वेदका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुने बताए ।
उनले प्रदेश सरकारले प्रदेश र साविकका अञ्चल स्तरका चिकित्सालयलाई केन्द्रित गरी भौतिक पूर्वाधार, औषधि, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको र जिल्ला स्तरका आयुर्वेदहरुलाई ११ लाख रुपैयाँ निकासा गरी सबै ठाउँमा पठाइसकेको जानकारी दिए ।
प्रदेश ५ मा एउटा प्रादेशिक आर्युवेद चिकित्सालय, २ वटा अञ्चल तहको, ८ वटा जिल्ला तहको र ३९ स्थानीय तहमा ५४ वटा आयुर्वेदक केन्द्रहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्