
सर्लाही । धनकौल गाउँपालिकामा कोरोना भाइरस संक्रमित किशोरका परिवारसहित १ सय १६ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
धनकौल गाउँपालिका, चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिकाको क्वारेन्टाइनमा राखिएका १ सय १६ जनाको स्वाबको पीसीआर नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
कोरोना भाइरसबाट संक्रमित भएका १४ वर्षीय किशोरका परिवारका ५ जना, किशोरको नजिकबाट सम्पर्क गरिएको अनुमानमा स्वाब संकलन गरिएका २६ जना र जिल्लाबाट संकलन गरिएका अन्यसहित १ सय १६ जनाकै स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।
सबैको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु अस्पतालमा पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्