काठमाडौंमा ‘साहसिक र प्रकृतिको पाकिस्तान भूमि’ कार्यक्रम « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


काठमाडौंमा ‘साहसिक र प्रकृतिको पाकिस्तान भूमि’ कार्यक्रम


182
Shares

काठमाडौं । पाकिस्तानी दूतावासले ‘साहसिक र प्रकृतिको पाकिस्तान भूमि’ नामक कार्यक्रम गरेको छ ।

७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्याम शुक्रबार राति काठमाडौंको एक होटलमा भएको कार्यक्रममा कुटनीतिक समुदाय, बहालवाला तथा पूर्व सरकारी कर्मचारी, बुद्धिजिवी, लेखक, पत्रकार र विश्लेषकहरू सहभागी थिए ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत शाहिद हैदर शाहले पाहुनाहरूको स्वागत गर्नुभका साथै पाकिस्तान र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पारम्परिक सम्बन्धनको बारेमा प्रकाश पार्नुभयो ।

कार्यक्रममा पाकिस्तानी संस्कृति तथा भेषभुषाको प्रदर्शनसमेत गरिएको थियो ।