चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ गीत सार्वजनिक


1.144k
Shares

काठमाडौं । नेपाली चलचित्र कृष्ण लीलाको ‘ए मेरो हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । रवि ओड र सुनिता कार्कीको स्वरमा रहेको गीतको संगीत डा. डि.आर. उपाध्यायले भरेका छन् ।

त्यस्तै, सिलान लम्सालले सम्पादन गरेको भिडयो दीपक वलीले निर्देशन गरेका हुन् । भिडियोको कोरियोग्राफी माइकल चन्दले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका छन् ।

भिडियोको सुटिङ ५ हजार २ सय मिटिरको उचाईमा भएको बताइएको छ ।