३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा


0
Shares

काठमाडौं, बैशाख १५ । जिल्ला अदालत काठमाडौँले पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर धरौटीमा रिहा भएका छन् ।

यसअघि उनलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला न्यायाधीश भरतमुनि खनालको इजलासले सोमबार थुनछेक बहसपछि धरौटी २५ हजार धरौटी बुझाएर तारिखमा छुटेको  अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत सरकारको गालीगलोज गरेको आरोपमा पक्राउ पर्नुभएका उपाध्यायलाई सरकारी वकिल कार्यालयले विद्युतीय कारोवारसम्बन्धी ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । रासस