पौडेलको हत्यामा संलग्न भएको आरोपमा १२ जेल चलान « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


पौडेलको हत्यामा संलग्न भएको आरोपमा १२ जेल चलान

एक नाबालिकालाई सुधार गृह पठाइयो

5.551k
Shares

बारा । जिल्ला अदालतले हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई जेल चलान गरेको छ । एक नाबालिगलाई भने बाल सुधार गृह भक्तपुर पठाइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जेल र बाल सुधार गृह पठाइएको हो ।

घटनामा संलग्न सन्दिप थापा, केवी भन्ने खगेन्द्र रिजाल, उद्धव अधिकारी, अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, चित्रबहादुर क्षेत्री, सुजन भन्ने सुमन लामा, राजु अधिकारी, मसिने मगर भन्ने कुमार मगर, सुदिप घिमिरे, सन्तोष खत्री, दुर्गा देवी खत्री, संते बछारलाई वीरगञ्ज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ गते राती नगौलस्थित चित्रबहादुर क्षेत्रीको घरमा राकेशभक्त पौडेलको हत्या भएको थियो । मध्यरातमा बोलाइ षडयन्त्रपुर्वक हत्या गरिएको भन्दै मृतकका पिता चिरञ्जिवीभक्त पौडेलले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो ।